महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु
जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन् ।
प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक लडेर रोटाभेटरले टाउकोको भागमा काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार रहेको, ट्याक्टर घटनास्थलमा नै रहेको डिएसपी भट्टले बताए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...
असी प्रतिशतले घट्यो सुन कारोबार
काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...
कति छ काठमाडौंको तापक्रम?
काठमाडौं । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजे...




