मुख्य समाचार

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

काठमाडौँ। नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ हिमाल श्रृङ्खलामा रहेका दुईवटा कुमारी चुचुराहरूको पहिलो ऐतिहासिक आरोहण सफलतापूर्वक सम्पन्न भएको हो । आरोही ही जिङको नेतृत्वमा रहेको आरोहण दलले गत फेब्रुअरी ९, २०२६ का दिन मुस्ताङमा अवस्थित ६,१८७ मिटर उचाईको ‘केक्याप री’ र ६,०६२ मिटर उचाइको ‘ज्याङ्लातुन्पू’ हिमालको सफल आरोहण गरेको हो ।

यसअघि यी हिमालको शिखरमा कुनैपनि मानव पाइला नपुगेकाले यसलाई विश्व पर्वतारोहण जगतमा निकै उत्साहजनक र ठूलो उपलब्धिको रूपमा हेरिएको छ । पर्वतारोहणको क्षेत्रमा ‘कुमारी हिमाल’ भन्नाले अहिलेसम्म कसैले पनि विजय प्राप्त नगरेको शिखर बुझिन्छ । मुस्ताङका यी दुर्गम र चुनौतीपूर्ण चुचुराहरूमा पहिलो पटक मानव पाइला राखेर ही जिङ र उनको टोलीले नेपालको साहसिक पर्यटनमा नयाँ गन्तव्यको ढोका खोलेका छन् । सेभेन समिट ट्रेक्स र पेलियटको यो संयुक्त प्रयासले नेपाली हिमालहरूको प्रचार–प्रसारमा थप टेवा पुग्ने विश्वास लिइएको छ । नेपालको पर्वतारोहणलाई नयाँ उचाईमा पु¥याउन यस्ता अन्वेषणात्मक आरोहणहरूले महत्त्वपूर्ण भुमिका खेल्ने पर्यटन विज्ञहरूको भनाइ छ । एक विशेष समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले यस ऐतिहासिक सफलताको प्रशंसा गर्दै नेपालको पर्यटन क्षेत्रका लागि यो एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनु भयो । उहाँको असाधारण शाहसको चर्चा गर्दै जोशीले सु याङको यो सफलताले विश्वभरका पर्वतारोहीहरूलाई प्रेरणा दिने बताउनु भयो । पर्यटन बोर्डले नेपालमा सुरक्षित, दिगो र शाहसिक पर्वतारोहणलाई सधैँ सहयोग र प्रोत्साहन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै जोशीले भन्नुभयो, ‘यो उपलब्धिले नेपाल पर्वतारोहण र शाहसिक पर्यटनका लागि विश्वकै अग्रणी गन्तव्य रहेको कुरालाई फेरि एकपटक प्रमाणित गरेको छ । म यस ऐतिहासिक अन्वेषण र आरोहणमा संलग्न सम्पूर्ण टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । सोही अवसरमा चिनियाँ पर्वतारोही सु याङलाई पूरक अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गरेकोमा ‘गिनिज वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल सर्वोच्च शिखर र विविध प्राकृतिक सम्पदाको देश हो । पर्वतारोहीहरू हिमालका वास्तविक संरक्षक हुन् र हामीले मिलेर यिनको प्रवद्र्धन गर्नुपर्छ ।’

चिनियाँ पर्वतारोही ही जिङले माथिल्लो मुस्ताङ क्षेत्रमा रहेको एक कुमारी ९आरोहण नगरिएको० हिमालको सफल आरोहण गर्नुभएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले जिङको यस नवीनतम सफलताको प्रशंसा गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभयो । पर्वतारोहणको क्षेत्रमा ऐतिहासिक कीर्तिमान कायम गरिसक्नुभएकी जिङले बिना अक्सिजन मात्र ६९ दिनको छोटो अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम सुरक्षित गरिसक्नुभएको छ । कार्यक्रममा बोल्दै भण्डारीले सेभेन समिट ट्रेक्सलाई नेपालको पर्वतारोहण पर्यटनको एक प्रमुख खम्बाको रूपमा चित्रण गर्नुभयो । उहाँले पर्यटन विभागसँग प्राविधिक कारणले रोकिएको जिङको आरोहण प्रमाणपत्र यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो । उक्त समारोहमा सेभेन समिटका सञ्चालकहरू दावा छिरी शेर्पा, टासी शेर्पा र अन्य पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
उहाँले भन्नुभयो, ‘जिङ भोलि वा पर्सि नै स्वदेश फर्कने तयारीमा हुनुहुन्छ, त्यसैले उहाँले आफ्नो सफलताको प्रमाणपत्र साथमै लिएर मुस्कुराउँदै जान पाउने वातावरण निर्माण गरिदिन म पर्यटन विभागलाई अनुरोध गर्दछु ।’

चिनियाँ पर्वतारोही ही जिङले पूरक अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरूको सफल आरोहण गरी ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ । यो सफलता प्राप्त गर्ने उहाँ पहिलो चिनियाँ महिला हुनुहुन्छ । कार्यक्रममा बोल्दै ही जिङले नेपालको पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई ‘अनक्लाइम्ब्ड पिक्स’ परियोजनाका लागि प्रदान गरिएको द्रुत र व्यावसायिक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो नौ वर्ष लामो पर्वतारोहण यात्रामा सेभेन समिट ट्रेक्सलाई सफलताको मेरुदण्डको रूपमा चित्रण गर्नुभयो ।
हालको परियोजनाअन्तर्गत पहिलो चरणको आरोहण सफल भएपनि प्राविधिक कठिनाइ र समय अभावका कारण बाँकी आरोहण आगामी मार्च महिनासम्मका लागि स्थगित गरिएको छ । चिनियाँ वसन्त उत्सव र नयाँ वर्षका लागि उहाँ घर फर्कने र पुनः हिमालय क्षेत्रको वातावरणीय संरक्षण र चीन–नेपाल सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

आयरल्यान्डसँग ओमान पराजित

आयरल्यान्डसँग ओमान पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो...

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको...

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा...

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...