बुधबार, माघ २३, २०८१
English
Follow us:

रोकिएन महिला क्रिकेटको पराजित शृंखला

रोकिएन महिला क्रिकेटको पराजित शृंखला

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 39
    SHARES
रोकिएन महिला क्रिकेटको पराजित शृंखला

काठमाडौँ। महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।v १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो।

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन्। फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन्। कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन्। मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन्।

७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्।

नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्। इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्।

नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले, तेस्रो खेलमा नेदरल्यान्डसँग १५ रनले र चौथो खेलमा थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो।

अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ। नेपाल जितविहिन भएसँगै फाइनलमा पुग्न पनि असफल भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology