मुख्य समाचार

दुर्गा प्रसाईले मंसिर ७ देखि आन्दोलन गर्ने

काठमाडौं। राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने बताउनुभएको छ । ७ दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उहाँले बताउनुभयो ।

बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईंले मंसिर ७ देखि आन्दोलन घोषणा गर्ने बताउनुभयो । उहाँले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक शुरू हुने  बताउनुभयो।

‘मानव अधिकार आयोगलाई आन्दोलनबारे जानकारी गरायौं । सिंहदरबारमा आगजनी गर्ने र घर जलाउने हाम्रो आन्दोलनको उद्देश्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘दिल्लीमा १२ बुँदे सहमति भएको दिनमै व्यवस्था परिवर्तनको आन्दोलन शुरू हुन्छ । दिल्लीको सम्झौताकै कारणले राजसंस्था गयो, हिन्दु अधिराज्य गयो । अब पुनर्स्थापना गछौं ।’

प्रसार्ईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताउनुभयो । बौद्ध र किरातसहितको सनातन हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न लागिएको प्रसाईंले बताउनुभयो।

 

सम्बन्धित समाचार

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

काठमाडौँ।  वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...