राष्ट्रकाबारेमा पूर्वराजा गम्भीर, `देश नै रहदैन कि जस्तो लाग्न थाल्यो´
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताउनुभएको छ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सन्देश जारी गर्र्दै नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित तुल्याएको बताउनुभएको छ।
उहाँले भन्नुभएको छ, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’
भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने भन्दै सबै नेपालीले कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नु उहाँले आह्वान गर्नुुभयो।
‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन । र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले भन्नुभयो।
झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको उहाँको भनाइ छ।
पृथ्वीनारायण शाहले २२ वर्षको युवा अवस्थामा नै सुरु गरेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फुलबारीको रुपमा चित्रण गरेको बताउनुभयो।
सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने उहाँको भनाइ छ।
https://www.facebook.com/share/v/18DWJY3hxc/
https://www.facebook.com/share/v/18DWJY3hxc/;
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...
कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
काठमाडौँ। वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...




