बागमती

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा हेटौंडास्थित कार्यालयले बुधवार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिमा स्वच्छता र सदाचारिता हुनुपर्ने बताउनुभएको हो । अख्तियारको हरेक कदमलाई आम नागरिकले नियालिरहेको उहाँले बताउनु भयो ।

नियम कानूनको परिधीभित्र रहेर परिणामुखी कार्य गरी जनताको भरोसा जित्न सक्नुपर्ने उहाँको धारणा छ । प्रदेश प्रमुख देवकोटाले संख्यात्मक र सस्तो लोकप्रियता तर्फ अख्तियार लाग्न नहुनेमा पनि सचेत गराउनु भयो । सुशासन र कानूनी सर्वोच्चताका बारेमा विद्यालय शिक्षादेखि नै गहन रुपमा पाठ्यक्रममा विषयवस्तु समावेश गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रष्टाचाररुपी रोग लाग्न नदिन यथाशक्य पहल गर्नुपर्ने आवश्यकता समेत उहाँले औल्याउनु भयो ।

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल पार्नुपर्ने बताउनु भयो । शासन सञ्चालन गर्ने राजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टचार गर्दैनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागू गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको काम कारवाही जनताको पक्षमा हुनुपर्ने धारणा उहाँले राख्नुभयो । बजेट खर्च नभएर सरकार नै असफल भइरहेको सन्दर्भमा फाइल अख्तियारमा पेन्डिङमा रहनु दुर्भाग्यपूर्ण भएको उहाँले जिकिर गर्नुभयो । मुख्यमन्त्री बानियाँले जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसंग सम्बन्धी उजुरीहरुको छिटो छिनोफानो हुनुपर्ने उल्लेख गर्नुभयो ।

वागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले अख्तियारको काम जति कम भयो, त्यत्ति नै सुशासन कायम हुँदै जाने बताउनुभयो । सबै तह र तप्कामा बसेकाहरुले आफ्नो भुुमिका निर्वाह गर्दा सुशासनयुक्त, भ्रष्टचार मुक्त देश निर्माण हुने उहाँले धारणा राख्नुभयो । उपसभामुख चापागाईले प्रदेश सभा र अख्तियारबीच विशेष सम्बन्ध रहेको जिकिर गर्नुभयो । प्रदेश सभाले बनाएका कानूनको विषयमा सबै प्रष्ट हुँदा अख्तियारको दुरुपयोग कम हुने उहाँले बताउनु भयो ।

समारोहमा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले आर्थिक वर्ष २०८१/८२ मा ७० दशमलव ४२ उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । उहाँकाअनुसार हेटौंडा स्थित कार्यालयमा दर्ता भएका २ हजार ७ सय ६६ उजुरी मध्ये १ हजार ९ सय ४८ उजुरी फछ्र्यौट भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा ८ सय १८ वटा उजुरी जिम्मेवारी सरेर आएको उहाँले बताउनुभयो । त्यसैगरी प्रमुख पुडासैनीले आयोगमा हालसम्म ९ सय ५८ उजुरी दर्ता भई १ हजार ७ सय ७६ उजुरी कायम रहेका छ । जसमध्ये ७ सय ३१ उजुरीको फछ्यौट भई हाल १ हजार ४५ उजुरी छानविनको क्रममा रहेको छ । —

सम्बन्धित समाचार

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...

खोला किनारमा चितुवा मृत फेला

खोला किनारमा चितुवा मृत फेला

बागमती। मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ...

उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन

उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको...

१० दिनभित्र आफ्ना माग पूरा नभए खानेपानी बन्द गरिदिने मेलम्चीवासीको चेतावनी

१० दिनभित्र आफ्ना माग पूरा नभए खानेपानी बन्द गरिदिने मेलम्चीवासीको चेतावनी

काठमाडौँ। मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।...