बुधबार, माघ २३, २०८१
English
Follow us:

महाधिवेशन भूमि नेपालगञ्जबाट नेशनल प्याब्सन अध्यक्षमा हमालले गरे उम्मेदवारी घोषणा

महाधिवेशन भूमि नेपालगञ्जबाट नेशनल प्याब्सन अध्यक्षमा हमालले गरे उम्मेदवारी घोषणा

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १९, २०७८

  • 33
    SHARES

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को अध्यक्षमा पाण्डव हमालले उम्मेदवारी दिने भएका छन् । बाँकेको नेपालगञ्जमा चैत २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने उनले बताए । महाधिवेशन हुने भूमि नेपालगञ्जबाटै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

नेशनल प्याब्सनको स्थापनाकालदेखि उनी सक्रिय छन् । २४ वर्ष अगाडि संस्था स्थापना हुँदा उनी उक्त समितिको तदर्थ समिति सदस्य भएर काम गरेका थिए । संस्थामा उनी केन्द्रीय सदस्य, २ पटक केन्द्रीय सचिव र २ पटक केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन् । चितवनमा भएको छैटौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी भएर झिनो मतले उनी पराजित भएका थिए ।

शिक्षामा निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्नु नै आफ्नो मुख्य प्रतिबद्धता रहेको हमालले बताए । एन प्याब्सनलाई संस्थागत रुपमा सबल र समृद्ध बनाउन, सदस्य विद्यालयहरुको हकहित संरक्षण र सम्बद्र्धन गर्न, विभेदकारी छात्रबृत्ती नीतिलाई निस्कृय बनाउने लगायतको प्रतिबद्धता हमालले गरेका छन् ।

एन प्याब्सनको केन्द्रीय घर जग्गा स्थापना गर्न, मोफसलका विद्यालयदेखि केन्द्रसम्मका सदस्य विद्यालयहरुबीचको समृद्धि तथा स्थायित्वको संरक्षण गर्न, एन प्याब्सनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, राष्ट्रिय कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सदस्यसामु पुर्याउन, सचिवालयलाई व्यवस्थित, डिजिटलाइज तथा आधुनिकीकरण गर्न, एन प्याब्सन भित्रको गुट उपगुटलाई अन्त्य गर्नका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हमालले बताए ।

एन प्याब्सनको संस्थागत सबलताको लागि अबको नेतृत्व स्थापित हुनुपर्ने बताउँदै हमालले मतदानका लागि सम्पूर्ण सदस्यहरु समक्ष अपिल गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology