जेनजी सुशासन योद्धा परिवारद्वारा शहीदहरूको सम्झनामा क्षमायाचना पूजा
काठमाडौँ। जेनजी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरिएको हो। जेन–जी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो ।
शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो । जेन–जी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई शहीद घोषणा गरेको थियो । शहीदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ । कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानलाई स्मरण गर्दै सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यो पूजा एवं सत्याग्रहले सहिदहरूको आत्मालाई शान्ति प्रदान गर्ने साथै समाजमा सुशासनको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन् । जेन–जी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।– न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जनयुद्धको उत्प्रेरणा र ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त...
कति छ तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास खनिज ग्यासको भण्डारण
काठमाडौं। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।...
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आज ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ७७ लाख...




