बंगलादेशमा चुनाव : मतगणनामा गडबडी भएको एनसिपीको आरोप
बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ।
एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो।
आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै जित्ने सम्भावना देखिएको भनेर शुक्रबार बिहान बंगलादेशको सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेको थियो।
द डेली स्टारका अनुसार गएराति नै एनसिपी प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलन गरी मतगणनामा गडबडी भएको बताएका हुन्।
उनले अन्तिम नतिजा सार्वजनिक गर्नुअघि विवादित सिटहरूको पुनःसमीक्षा गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
एनसिपीले जमात-ए-इस्लाम लगायत ११ वटा दल मिलेर गठबन्धन गरेको थियो।
‘११–दलीय गठबन्धनका शीर्ष उम्मेदवारलाई लक्ष्य गरेर नतिजा हेरफेर गरिएको भन्ने स्पष्ट प्रमाण हामीले पाएका छौं,’ पत्रकार सम्मेलनमा आशिफ महमुदले भनेका छन्।
उनका अनुसार केही क्षेत्रमा सञ्चारमाध्यमले सार्वजनिक गरेका तथ्यांक, मतदान केन्द्रको मतगणना विवरण र निर्वाचन अधिकृतले घोषणा गरेका नतिजाबीच स्पष्ट भिन्नता देखिएको बताएका छन्।
उनले ढाका–१३, ढाका–१५, ढाका–१७, ढाका–१९ र ढाका–११ क्षेत्रमा अनियमितता भएको दाबी गरे।
कतिपय स्थानमा पूर्ण मतगणना नहुँदै विजेता घोषणा गरिएको छ भने केही केन्द्रको नतिजा पछि परिवर्तन गरिएको छ,’ उनले भनेका छन्।
कुरीग्राम–१ र कुरीग्राम–२ मा गठबन्धनका उम्मेदवारको अनौपचारिक विजय घोषणा भएपछि दबाब र तनाव सिर्जना गरिएको पनि उनले दाबी गरे।
ढाका–८ मा तोकिएको चिन्हभन्दा बाहिर छाप लगाइएका मतपत्रसमेत गणनामा समावेश गरिएको उनको आरोप छ।
एनसीपीले विवादित क्षेत्रको मतगणना पुनःजाँच गर्न, आवश्यक परे पुनःप्रमाणीकरण गर्न र निष्पक्ष ढंगले अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
निर्वाचन आयोगले भने यसबारे औपचारिक प्रतिक्रिया नदिएको डेली स्टारले जनाएको छ।
बंगलादेशमा बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)को जित सुनिश्चित भएको छ। यसका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। तारिक पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
५.
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
सम्बन्धित समाचार
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...




