पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजावादीहरुको भिड
काठमाडौं। झापा भ्रमण सकेर काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर दुर्गा प्रसाईंसहित समर्थकहरूको ठूलो भीडले स्वागत गरेको छ।
राजावादी तथा राष्ट्रवादी समूहहरूका कार्यकर्ताहरूले राष्ट्रिय झण्डा फहराउँदै, विभिन्न नारा लगाउँदै पूर्वराजाको स्वागत गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् ।

उहाँको आगमनलाई लिएर विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि समर्थकहरूले निषेधाज्ञा छलेर भीड जम्मा गरेका छन् ।

प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । एसपीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाइरहेका छन् भने केहीले पूर्वराजाको गाडी देख्नासाथ हात हल्लाएर अभिवादन गरेका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
-
५.
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
सम्बन्धित समाचार
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...




