आज मिति २०८१ पौष २० शनिवार, २०२५ को जनवरी ४ को राशिफल
मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग गर्नेछन्।
वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्।
मिथुन : रोकिएका काम पूरा हुनेछन्। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ।
कर्कट : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्छ।
सिंह : नयाँ कार्यको योजना बन्नेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ।
कन्या : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।
तुला : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कहीँकतैबाट उपहार प्राप्त होला।
वृश्चिक : काम बिगार्नेहरूको कमी हुने छैन। नियमित खर्चसमेत बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
धनु : स्वास्थ्यप्रति भने बढी नै सजग रहनुपर्ने देखिन्छ।
मकर : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ : प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।
मीन : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला।
कर्ममा विश्वास गरौँ