बुधबार, माघ २३, २०८१
English
Follow us:

सरोकार केन्द्रद्धारा ‘द्वन्द पिडित तथा अपाङ्गता समाज’ का वालवालिकाहरूलाई खाद्य सामग्री सहयोग

सरोकार केन्द्रद्धारा ‘द्वन्द पिडित तथा अपाङ्गता समाज’ का वालवालिकाहरूलाई खाद्य सामग्री सहयोग

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 24
    SHARES
सरोकार केन्द्रद्धारा ‘द्वन्द पिडित तथा अपाङ्गता समाज’ का वालवालिकाहरूलाई खाद्य सामग्री सहयोग

काठमाडौँ । संस्थाको मूलभूत उद्देश्य र संस्था गैर नाफामूलक जनहितकारी सामाजिक संस्थाको रुपमा गाँस बास, कपास एवम् सजिव तथा निर्जिवहरुको हकहित र संरक्षणका लागि स्थापना भएको संस्था हो सरोकार केन्द्र ।

शंखरापुर नगरपालिका वडा नं. ७ मा स्थापना भएको यस सरोकार केन्द्रको अधिकारीक कार्यालयको स्थापना हिजो शनिबारको दिन संस्थाका पदाधिकारीहरुको उपस्थितिमा संस्थाका अध्यक्ष गोविन्द पन्थीको अध्यक्षयता बैठक बसेको थियो । बैठकमा अन्य पदाधिकारीहरु उपाध्यक्ष नारायण पन्थी, महासचिव जीवन शर्मा, सचिव धर्मराज कार्की, सदस्य सान्त बहादुर वाइवा, सदस्य कुन्दन कार्की, आमन्त्रित सदस्यहरू महेश चालिसे, सुमन लुइँटेल, छविलाल लामिछाने लगाएत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थित रहेकाे थियाे ।

संस्थाको चैथो बैठक हो भने नव स्थापित कार्यलयको पहिलो बैठक बसेको थियो । संस्थाको मूलभूत उद्देश्य र संस्था गैर नाफामूलक जनहितकारी सामाजिक संस्थालाई कसरी विद्यान अनुरुप लैजाने भनि बैठकले छलफल गर्यो ।

पूर्वी उपत्यका मध्ये पिछडिएको भूगोल शंखरापुर नगरपालिका पनि एक हो, जसलाई काठमाडौको कालिकोट रुपमा हेर्न सकिन्छ । राजधानीको काखैमा रहेता पनि विकास निर्माण, जनचेतना, शिक्षा-स्वास्थ्य, धार्मिकसंम्पदा, कृषि, पर्यटन र पर्यावरण जोगाउन संभावित स्रोत र साधनको सहि पहिचार गर्न नसक्नुनै यस नगरपालिका पछाडी पर्नु मूलकारक हुन् ।

अधिकांश संघ संस्थाहरु केन्द्रमा नै केन्द्रित भएइरहदा सरोकार केन्द्र भने शंखरापुर नगरपालिका नै मुख्य रोजाइ बनेको छ । मुख्य कार्यलय यस नगरपालिका भित्र भए पनि यस संस्थाले नेपाल अधिराज्य भर संम्पर्क कार्यलय विस्तार गरी गैरनाफामुलक कार्य गर्दै जानेछ ।

संस्था उदघाटनको क्रममा अध्यक्ष पन्थीले भन्नुभयो । यस संस्था स्थापना हुनु यस क्षेत्रको विकास, पर्यावरण, नि:शुल्क कानुनी सेवा, बैदेशिक रोजगारमा ठगी न्यूनीकरण, साइबर अपराध, मानव बेचबिखन र ओसारपसारमा न्यूनीकरण, घरेलु हिंसा, महिला हिंसा, एकल महिला/पुरुष हिंसा, महिला तथा वालवालिकाहरु हकहित एवम् संरक्षका रुपमा नेपाल अधिराज्य भर जनचेतना, न्यूनीकरण, र रोकथामका लागि यस सरोकार केन्द्र संस्थाको स्थापना भएको हो भन्नु भयो ।

साथै अन्य पदाधिकारीहरूबाट पनि परिचयात्मक कार्यक्रमका साथ आ-आफ्नो धारणा राख्नु भयो । अगामी दिनमा संस्थालाई कसरी चुस्त र सक्रिय हिसावले लैजाने भन्ने बिषयमा बैठक केन्द्रित थियो । यस संस्था पूर्व डीएसपी/हाल अधिवक्ता गोविन्द पन्थी, सर्वोच्च अदालतका पूर्व रजिस्टार नाराय पन्थी, सञ्चारकर्मि जीवन शर्मा, व्यावसायी एवम् समाजसेवी धर्मराज कार्की, पूर्व वडाअध्यक्ष सन्त बहादुर वाइवा, वेलजिएमा पूर्व एनआरएनएका अध्यक्ष छविलाल लामिछाने, युवा व्यावसायी कुन्दन कार्की, एवम् अन्य बौद्धिक व्यक्तित्वहरुबाट स्थापना भएको संस्था हो ।

संस्थाको स्थापनाको अवसरमा ‘द्वन्द पिडित तथा अपाङ्गता समाज’ का वालवालीकाहरूलाई खाद्य सामग्री- चामल २ बाेरा, तेल १ बाक्सा, नुन ५ प्याकेट, दाल ६ केजी, चिनी ५ केजी, चियापत्ती १ केजी, डिटाेल सावन १ दर्जन र अण्डा २ क्रेट सराेकार केन्द्रका अध्यक्ष गाेविन्द पन्थी एवम् बैठमा सहभागी सबै पदाधिकारीकाे संयुक्त उपस्थितमा उक्त सामाग्री “द्वन्द पिडित तथा अपाङ्गता समाज” अध्यक्ष युवराज थापालाई हस्तान्तरण गरिएको थियो।

 

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology